काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको सूची सार्वजनिक गरेको छ । उसले नियम अनुसार उपलब्ध गराउन अटेरी गर्ने विद्यालयको सूची सार्वजनिक गरेको हो ।
महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न निर्देशन दिएको थियो ।
यद्यपि त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरेको हो । ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ ।
जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी पनि दिएको छ ।
विद्यालयको सूची :
प्रतिक्रिया