एमाले सचिवालय बैठकद्वारा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजन गरिने



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो ।

बैठक बिहान साढे ११ बजेवाट शुरू हुनेछ । सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिमरूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिने छ ।

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्र्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।

एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्