सरकारले आज बजेट सार्वजनिक गर्दै


काठमाडौं । सरकारले आज (सोमबार) आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ ।

नयाँबानेश्वरस्थित संघीय संसदमा बस्ने बैठकमार्फत सो बजेट सार्वजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजेका लागि आह्वान गरिएको छ ।

‘अर्थमन्त्री डा.प्रकाशशरण महतले आ।ब २०८०/८१ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

नयाँ संविधान जारी भएपछि हरेक गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ ।
यो संवैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।