पौडी खेल्ने क्रममा बेपत्ता व्यक्तिको शव फेला


कास्की ।

जिल्लाको पोखरा महानगरपालिका २२ स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक जनाको शव शनिबार सशस्त्र प्रहरीले फेला पारेको छ ।

सोही जिल्लाको अन्नपुर्ण गाउँपालिका ११ घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने ६१ बर्षीय मिन बहादुर गुरुङ्गको शव सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको गोताखोर र फेवा रेस्क्यु टावरमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी,नेपाली सेना र स्थानिय प्रहरीको संयुक्त टोलीले खोलाको १५ फिट गहिराइबाट बाहिर निकालेको हो ।

उनकोे शव पोष्टमार्टमको लागि गण्डकी अस्पताल कास्कीतर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।