काभा महिला भलिबल च्यालेन्ज कप सुरु



काठमाडौं ।

काठमाडौंमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ सोमबारबाट सुरु भएको छ । अहिले घरेलु टोली नेपाल र कीर्गिस्तानबीचको खेल भइरहेको छ ।

यसैगरी सोमबार नै भएको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझे सेटमा र उज्वेकिस्तानले श्रीलंकाविरुद्ध ३–० को सोझो सोटमा जित निकालेर विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल भएका छन् ।

आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ’ए’ मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश छन् भने समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजखस्तान छन् ।

 

प्रतिक्रिया दिनुहोस्