नक्क्ली भुटानी शरणार्थी प्रकरण : खाँणमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप



काठमाडौं ।

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिईएको छ ।

नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंबाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिदै थियो ।

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्वगृहमन्त्रीको हैसियतमा खाँणले पनि भूमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहीबार पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्