वर्षाले फेरि रोक्यो नेपाल र यूएईबीचको खेल



काठमाडौं । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ । वर्षाका कारण आज खेल फेरी दोस्रो पटक रोकिएको हो ।

खेल रोकिँदा यूएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्