नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को-कहाँ ?



काठमाडौं।

नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो ।

तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सूदुरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन् ।

यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्