जग्गा कित्ताकाटसम्बन्धि निर्णय फेरि तुहियो



काठमाडौं ।

जग्गा कित्ताकाटसम्बन्धी मन्त्रिपरिषद्को निर्णय मुख्य सचिव शंकर बैरागीले प्रमाणित नगरेपछि उक्त सरकारले उक्त निर्णयमा पुनर्विचार गरेको छ ।

सरकारले जग्गा कित्ताकाटसम्बन्धि विषयलाई पुनःमन्त्रिपरिषद् लैजानका लागि अर्थ तथा प्रशासन समितिमा छलफलका लागि पठाइएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले जग्गा कित्ताकाटसम्बन्धि विषयलाई समितिमा पठाउने निर्णय गरेको हो ।

गत वैशाख ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली, ०७९ स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो । जग्गाको कित्ताकाटसम्बन्धि विषय पटकपटक निर्णय हुँदै तुहिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्