राष्ट्रपतिद्वारा ९८२ जनालाई विभिन्न विभूषण प्रदान

0
Shares

काठमाडौं ।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई शीतलनिवासमा आयोजित विशेष समारोहमा विभूषण वितरण गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले विभूषण वितरण समारोहमा नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्रदान गरेका छन् । यसपटक ९८२ जनालाई राष्ट्रपतिले विभिन्न विभूषण प्रदान गरेका छन् । जसमा नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री दिवंगत सुशील कोइरालालाई प्रदान गरियो ।

राष्ट्र गौरव विभूषण तीन जनालाई प्रदान गरिएको छ । राष्ट्र गौरव दिवंगत जीवराज आश्रित तथा सत्यमोहन जोशीलाई प्रदान गरिएको छ । यसैगरी मन्त्रिपरिषद्‌का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई पनि नेपाल गौरव प्रदान गरिएको छ । संविधान दिवस अर्थात् गत असोज ३ गते विभूषण पाउनेको नाम सार्वजनिक भएको थियो ।