चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार : राष्ट्र बैंक

0
Shares

काठमाडौं । 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको जनाएको छ ।

केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो । समीक्षा अवधिमा चालु खाता रू.४४ अर्ब ३१ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू.४६० अर्ब ७२ करोडले घाटामा रहेकोथियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडले बचतमा रहेको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।