नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ चयन, मत परिणामसहित

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ । बुधबार भएको महासंघको ५७औं वार्षिक साधारण सभा तथा निर्वाचनको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि बिहीबार दोस्रो चरणको निर्वाचन हुने तय भए पनि मुख्य प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्बीच सहमति भएपछि उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको घोषणा गरिएको हो ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष् हुने भएकाले अघिल्लो कार्यसमितिको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको नयाँ अध्यक्षमा चयन हुनुभएको छ ।

बुधबार भएको निर्वाचनमा कुल मतभारमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत, उमेशलालले ३१ दशमलव ५१ मत र रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गर्नुभएको थियो । एसोसिएटतर्फ कुल खसेको १ हजार छ सय २० मतमध्ये संघईले ६१३ मत, अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गर्नुभयो । साथै आठ मत बदर भएका थिए ।

त्यस्तै जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गर्नुभयो । साथै तीन मत बदर भएको थियो । वस्तुतगतर्फ १२३ मतमध्ये उमेशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र संघईले १२ मत प्राप्त गर्नुभयो भने एक मत बदर भएको थियो ।

बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षतर्फ संघाई समूहमा सुरकृष्ण वैद्य र एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ निर्वाचित हुँदा वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित हुनुभएको छ । यसअघि लुम्बिनी प्रदेश सदस्यमा जमशेर मिया“ र द्विराष्ट्रिय सदस्यमा सुनील केसी निर्विरोध निर्वाचित भएका थिए ।

कुल ६४ पदका लागि ११८ जना मैदानमा उत्रिएका थिए । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष पदमा तीन, जिल्ला तथा नगरतर्फका उपाध्यक्षमा तीन, वस्तुगततर्फका उपाध्यक्षमा तीन र एसोसिएटतर्फका उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगतर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशी प्रदेशमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बाग्मतीमा १ सदस्यका लागि २ र गण्डकीमा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशमा १ सदस्यका लागि ३ र सुदूरपश्चिम प्रदेशमा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको थियो  ।

संस्थापक समूहबाट १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । मनोनित, प्रदेशबाट निर्वाचित भइसकेका गरी महासंघको कार्यसमिति भने ७७ सदस्यीय हुनेछ ।

महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फ १ सय २१ सदस्य, वस्तुगततर्फ १ सय २३, द्विराष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १ हजार ७ सय ६२ गरी २ हजार १८ सदस्यले मतदान गर्नेछन् ।महासंघको मतभार भने जिल्ला/नगर उद्योग संघको ५०, वस्तुगतको २०, द्विराष्ट्रिय र एसोसिएटको १५/१५ प्रतिशत छ ।

मत परिणाम देहाय बमोजिम छ:

57AGM_election_FINALRESULT