देशको एक वर्षकाे बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड

0
Shares

काठमाडाैं  । 

मुलुककाे एक वर्षकाे  बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड पुगेकाे छ  । महालेखापरीक्षक कार्यालयले बिहिबार ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारको बेरुजु रकम १ खर्ब १९ अर्ब ७७ करोड रहेको औंल्याएको हो । याे वेरुजु गत आर्थिक वर्षकाे हाे ।

उक्त प्रतिवेदन महालेखा परिक्षक टंकमणि शर्मा दंगालले बिहिबार ६० औं प्रतिवेदन राष्ट्रपति रामचन्द्र पाैडैल समक्ष प्रस्तुत गरे ।

सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट रु. १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु कायम भएको छ । सोमध्ये ४ हजार ६८ सङ्घीय सरकारी निकाय तथा कार्यालयको रु २३ खर्ब ५६ अर्ब ३३ करोडको लेखापरीक्षणबाट रु। ५६ अर्ब ३१ करोड ९२.३९ प्रतिशत० र प्रदेश निकाय तथा कार्यालय १ हजार २१८ को रु.३ खर्ब १२ अर्ब ७३ करोडको लेखापरीक्षणबाट रु.७ अर्ब २० करोड ९ २.३० प्रतिशत०, ४३४ समिति तथा अन्य संस्थाको रु.३३ खर्ब ६५ अर्ब ८ करोडको लेखापरीक्षणबाट रु १३ अर्ब ३८ करोड ९०.४ प्रतिशत र ७५१ स्थानीय तह ९ बक्यौता २ समेत को रु.११ खर्ब ४ अर्ब १ करोडको लेखापरीक्षणबाट रु.४२ अर्ब ८८ करोड ९४.१८ प्रतिशत बेरुजु देखिएको छ ।

यस्तै सार्वजनिक संस्था ७५ को रु ३१ खर्ब ८२ अर्ब ८७ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ । सोको अतिरिक्त संगठित संस्थाको लेखापरीक्षणको लागि परामर्श उपलब्ध गराएका ३२ संस्थाको रु।१३ खर्ब ४१ अर्ब ७६ करोडको लेखापरीक्षण भएको छ । परामर्श उपलब्ध गराएका संगठित संस्थासमेत रु.८४ खर्ब ७९ अर्ब ९३ करोडको लेखापरीक्षण सम्पन्न भएको छ ।