कांग्रेस शेखर-गगन समूहको बैठक जारी, मन्त्री छनोट गर्न सघन छलफल

0
Shares

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा समूहको बैठक बसेको छ । उक्त समूहको बैठक बालुवाटारमा बसेको हो ।

शेखर–गगन समूहको बैठकले आफ्नो तर्फबाट मन्त्रीहरुको नाम टुंग्याउने बताइएको छ ।

शेखर–गगन समूहले तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ ।