प्रधानन्यायाधीश नियुक्ति गर्न बारको दबाब पश्चात् प्रधानमन्त्री प्रचण्ड छलफलमा

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूबीच छलफल गरेका शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान प्रचण्ड बार एसोसिएसनका पदाधिकारीहरूबीच छलफल शुरु भएको हो ।

छलफलमा पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूको उपस्थिति रहेको बताइएको छ ।

बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीलाई दबाब दिँदै आएका छन् ।

बारको चर्को दबाब पश्चात् प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँग समेत परामर्श गरि तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्ने प्रतिवद्धता छन् ।

प्रधानमन्त्री प्रचण्डलाई बारका पदाधिकारीले यस विषयमा गम्भीर हुन ध्यानाकर्षण गराएको बताइएको छ ।