काठमाडौं ।
न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो काठमाडौँको गोंगबुको पबित्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।
प्रहरीले आज गिरीलाइ पक्राउ गरेकाे हाे ।
पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भइरहेको छ।
प्रतिक्रिया