संक्रमणकालीन न्याय निष्कर्षमा पुर्याउन कांग्रेस, एमाले र माओवादी केन्द्रबीच सहमति

0
Shares

काठमाडौं । शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन तीन दलबीच सहमति भएको छ । मंगलबार सभामुखको सरकारकारी निवास बालुवाटारमा बसेको बैठकमा तीन दलबीच उक्त सहमति भएको हो ।

सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको बताइएको छ ।

सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत तीन दलका संसदीय दलमा रहेका नेताहरूबीच छलफलमा उक्त सहमति भएको हो ।

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक–२०७९ संसदमा विचाराधिन छ ।