रास्वपा सांसद ढाकाकुमारले पार्टीमा बुझाए स्पष्टीकरण

0
Shares

काठमाडौँ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका छन्।

प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएलगत्तै सांसद श्रेष्ठलाई रास्वपाको अनुशासन कमिटीले २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो।

उनले ह्वाट्सएप मार्फतसोमबार स्पष्टीकरण बुझाएको अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले जानकारी दिए।