रास्वपा सांसद ढाकाकुमारले मागे दुर्गा प्रसाईसँग २ करोड (विस्तृत संवाद)

0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढनकाकुमार श्रेष्ठले मन्त्र बन्नका लागि पार्टीलाई बुझाउन भन्दै २ कराेडकाे डिल गरेकाे ह्वाट्सएप कुराकानी सार्वजनीक भएकाे छ । श्रष्ठले र प्रसाईबीच २ कराेड लेनदेनकाे सांवाद ९ मिनेटकाे छ । उनीहरुबीचकाे लामाे संवादमा स्वास्थ मन्त्री बनाउन पार्टीले पैसा मागेकाे र दुर्गा प्रसाईले मन्त्री हुने पक्का भए २ कराेड दिने बताएका छन् । संवादकाे बिस्तृत भाग हामीले उतार गरेेर यहाँ प्रस्तुत गरिएकाे छ ।

श्रेष्ठ र प्रसाईबिच भएकाे २ कराेडलेनदेन संवाद

ढाकाकुमार – नमस्कार
दुर्गा प्रसाईँ – नमस्ते के छनी हाल खवर
ढाका कुमार – ठिक छ सर म पनि भर्खर भर्खर उठेको
दुर्गा प्रसाईँ – ए अनि त्यही त मैले पनि राती फोन अफ गरे । उठाउ भनेको फेरी सुत्ने टाइम भयो होला भनेर चार्जमा राखेर सुते । अनि नी के खास चै कुरा के हो मलाई अलिकति भन्नु त डाक्टर साप ?
ढाका कुमार – स्वास्थ्य हामीले पाउने भयो । पार्टीलाई अलिकति सहयोग गर भनेर । आन्तरिक त्यो कोर टिम छन २÷३ जना साढे २ जति चाहियो भन्दै थिए मलाइ हिजो ।
दुर्गा प्रसाईँ – अँ
ढाका कुमार – मेरो पक्का चै पक्का भयो । अव आज मैले फिक्स गर्नुछ क्या सर ।
दुर्गा प्रसाईँ – ए !
ढाका कुमार – अव त्यही भएर अलिकति म फेरी अर्थिकमा त्यस्तो साह्रौ उ छैन्
दुर्गा प्रसाईँ – अँ
ढाका कुमार – अव मन्त्री पनि बन्नु पर्यो,अनि धोइपखाली गरी यो स्वस्थ्य क्षेत्र पुरा सुधारपनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु ।
दुर्गा प्रसाइ – हजुर
ढाका कुमार – अव त्यसमा हजुरहरुको पनि सहयोग सपोर्ट चाहियो भन्ने कुरा पनि हो सर ।
हजुर मैले तपाईलाई एउटा कुरो बुझ्न खोजेको । राष्ट्रिय स्वतन्त्र पार्टीमा डक्टर भनेको तोसीमा कार्की मात्रै छिन भनेर बुझेको थिए त !
ढाका कुमार– हैन हामी तीन जना छौं ।
को को हुनुहुन्छ ?
ढाका कुमार– म भएँ । तोसीयमा भयो । अनि चन्दा कार्की
ए अँ साची चन्दा म्याम पनि पो हुनुहुन्छ त है ।
ढाका कुमार– चन्दा हजुरले चिन्नुहुन्छ होला ।
डक्सापको घर चै कहाँ हो डक्साप ?
ढाका कुमार– मेरो पोखरा हो सर ।
ए,अनि एमबीबीएस कहाँ गरेको तपाइँले ?
ढाका कुमार– मैले चाइनामा गरेको डाल युनिभर्सीटि हो सर ।
ए अनि एमडी ?
ढाका कुमार– मैले एमडी गरेको छैन अहिले मैले एमएस मात्रै हो ।
ए एमएस चै ?
ढाका कुमार– हो सर, पछि चै अर्कैतिर बढ्ने भन्दा भन्दै यता पोल्टीक्सतिर आएँ ।
दुर्गा प्रसाई – अव हेर्नुस है धेरै ठूलो समस्या छ स्वास्थ्यमा हैन डक्टर साप अव देशभरका सबे नर्सिङकलेज बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । है मैले त जहिल्यौ भनेको छु, दुबैका डान्सबारमा हाम्रो चेलेलीटीहरु डान्स गर्नु भन्दा नर्स पढाउ भनेर । मैले त डक्टर उत्पादन गरौं बरु सय वटा मेडिकल कलेज खोलौ भनेको होकी हैन भन्नु त ! विदेशबाट, इण्डियाबाट विद्यार्थीहरु ल्याउ भनेर कति राम्रो कुरा गरेको छु मैले ।
ढाका कुमार– अँ हो नी
डक्टरसापको नाम चै ढकबहादुर के हो ?
ढाका कुमार– ढाका कुमार श्रेष्ठ
दुर्गा प्रसाई – ए ढाका कुमार श्रेष्ठ । अच्छा मैले त्यो कुरो बुझेँ सल्लाहा गरेर अघि बढौंला । अनि फेरी अँ.. तपाइलाई मैले एउटा कुरा भन्नखोजेको हामीत ह्वाटएपमा छौं मतलव भएन । अनि मुकुलहरुले त अनि नलिने भन्थेत स्वास्थ्य र शिक्षा ?
ढाकाकुमार– मुकुलाई पनि थाहा छैन सर आन्तरिक कुरा । उहाँ त्यो कोर टिममा हुनुहुन्न क्या । महामन्त्री चै महामन्त्री नै हो । अव हजुरलाई पार्टीको कुरा गर्दाखेरी २÷३ जान चै छुट्टै हुनुन्छ क्या पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखिनै सहयोग गर्ने रवी सरलाई । त्यो टिमबाट मलाई पुर्याएको । अव आज मैले फिक्स गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन फेरी ।
दुर्गा प्रसाई – क्याँस अढाइ करोडको कुरा हो कि २ करोड ?
ढाका कुमार– अँ २ साढे २ भनेका छन । अहिले चै मैले एक दिएँ भनेपनि उनिहरु मान्छन होला । बाँकीको चेक दिएपनि मान्छन क्या २÷३ दिन ।
दुर्गा प्रसाई – फेरी आज बन्द छ नी त । ९ लाख ९९ हजार भन्दा माथिको चेक साटिदैन सुन्नुस अव क्लियर कुरा ।
ढाका कुमार– अँ त्यही त
दुर्गा प्रसाई – अव एउटा टाइम राखेर दिन्छु । म सहयोग गर्छु तपाइँले भनीहाल्नुभयो । भोली मेरो पनि काम गर्नुपर्छ तपाइँले ।
ढाका कुमार– त्यो त मैले गर्छु मलाइ त यो दिक्क लाग्छ क्या यो स्थिति देखेर पनि कहिले मर्नु जस्तो लाग्छ मलाइ त । मैले एमडि पढ्न नपाएको पनि तिनले गर्दा हो ।
दुर्गा प्रसाई – एमडि पढ्न अनि मैले मेरो छोरीलाई जापान पठाउनुपर्यो टोकीयो युनिभर्सीटी ३ करोड तिरेर । यहाँ पढाउन पाइन मैले ।
ढाका कुमार– त्यही त यो सबैतिर बेथिति छ ।
दुर्गा प्रसाई – सुन्नुन म त कति मरेको छु मेरो मेडिकल कलेज हेर्नुस त सप्पै भौतिक पूर्वाधार पुगेको काठमाण्डौं उपत्यका बाहिर मेची अञ्चलमा ३२ लाख जनसंख्या छ । म त डुबेको छु कि छुइन भन्नुस त, मत मर्नमात्रै बाँकी छ ।
ढाका कुमार– त्यही त यसलाई चै हटाउनुपर्छ सर । यो पनि समस्या समाधान गर्नु पर्छ ।
दुर्गा प्रसाई – गर्नु पर्छ । अनि, शिक्षा चै कसले लिने भयो सर, भाई डाक्टरसाप ?
ढाका कुमार– शिक्षा हामीलाइ नपर्न सक्छ
दुर्गा प्रसाई – ए शिक्ष हजुरबुवाले राखे होलान ।
ढाका कुमार– सायद राख्नुभयो होला शिक्षा
दुर्गा प्रसाई – किनभने यसपालि अव मलाई एफिलेसन पसिन दिनुपर्ने छ क्या हजुरबुवाले । किनभने सप्पैकुरा सकिएको छ । काडमाडौं युनिभर्सिटिले एफिलिएशन पनि दिएको छ । सिट मात्रै संख्या तोकिदिएको छैन् । त्यो त नारायणकाजीको मान्छे हो नी त्यो गिरी । त्याहाबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्यो ।
ढाका कुमार– अँ हजुर हजुर
दुर्गा प्रसाई – ल यसो गर्नुस न त
ढाका कुमार– हजुर निश्चिन्त हुनुस अव काम मिलेर गर्ने हो तपाइँ म ।
दुर्गा प्रसाई – यहाँ सुन्नुस भोली केपी ओली झापा आउँदै हुनुहुन्छ । फागुन २ गते । अव आज त छुट्टी भैगयो । म भोली बेलुका हजुरबुवासँगै काठकाडौ आउछु अनि तपाइँ र म भेटौला । तपाइँको त्यो उस्को ग्यारेन्टी गर्नुस् । अव तपाइँलाई गर्ने सहयोग गर्छु । तपाइँले भन्नु भयो नी २ , म आएर गरौंला । तर अलिकति टाइम लाग्छ है पैसा मिलाएर निकाल्नु पर्छ । त्यत्तिकै निस्कदैन अहिले त बैंकले जम्मै नियम खोजेर पैसा लिन गाह्रो छ । त्यो चै कसैले दिन सक्दैन आजको आजै नेपालमा कसैले सक्दैन ।
ढाका कुमार– त्यही त समस्या छ
दुर्गा प्रसाई – फेरी हिजो मसान्त व्याज बुझाइयो ।
ढाका कुमार– हजुरलाई पनि साह्रौ गाह्रो छ होला है विचरा !
दुर्गा प्रसाई – गाह्रो छ नी हिजो मसान्त मत व्याज बुझाए मेरो स्वास्थ्य विमाको पैसा १५ करोड अझै दिएको छैन स्वास्थ्य विमाले अढाइ वर्षदेखि
ढाका कुमार– विमा पनि अहिले १२ अर्वको लगानी हुने रैछ नेपालमा ।
दुर्गा प्रसाई – होत नी, अव तपाइँले के ग्यारेन्टी गर्नुस भने २ करोड रुपैयाँ मैले दिने भएँ तपाइँलाई हैन्,यो पैसा पनि तपाइँले उही रवीलाइ त बुझाउनुपर्ने होला नी हैन ?
ढाका कुमार– अँ मैले रवी सरलाई भन्दा पनि रवी सर देखा पर्नुभएको छैन् । बाहिरको २÷३ जान साथिहरु हुनुहुन्छ उहाँहरुलाई दिने हो अव पार्टीलाइ जान्छ भनेका छन क्यारे
दुर्गा प्रसाई – यो सबै कमाउने त हुन नी भाई ।
ढाका कुमार– अव कसरी गर्छन थाहा छैन पार्टीमा जान्छ की जान्न हेरम । पार्टी कमजोर छ अहिले साह्रै गाह्रो परेको छ भनेका छन् ।
दुर्गा प्रसाई – ए । ल सर ठिकै छ म भोली बेलुका नभए पर्सी आउछु अनि दाजुभाइ भेटौला नी त ! तपाँइले ग्यारेन्टी गर्नुस दिन्छु भनेर । तर मलाई अलिकति टाइन चाहियो भन्नुस है ?
ढाका कुमार– अँ हुन्छ म त्यही कुरा गर्छु ।
ल ल ल
ढाका कुमार– हजुर भोली आउनुहुँन्छ बेलुका ?
अँ म भोली बेलुका यहाँ हजुरबुवा आउने भएर बस्नुपर्ने भयो की अनि म भोली आउछु है ।
ढाका कुमार– हुन्छ ।
है डक्टर साप
ढाका कुमार– हस हस सर । ल तपाइँ र म सबै सल्लाहले के के गर्नु पर्छ सबै गर्छौं ।
दुर्गा प्रसाई – तपाइँलाई मैले एउटा कुरा के ग्यारेन्ट िगरेँ भने २ करोड रुपौयाँ दिने ग्यारेन्टी गरेँ तपाइँलाइ म आएर सजिलो बाटो देखाइदिन्छु । पिर नगर्नुस । मन्त्री फिक्स गर्नुस केही टाइम माग्नुस सकियो कुरा । तपाइँलाई म आइडिया दिन्छु र यो २ करोड दिन्छु तपाइँ अघि बढ्नुस । अव, तोसीमाले त केही लडाइ गर्दिनन नी ?
ढाकाकुमार– गर्दैन हाम्रो टिमले सबै रवी सरलाई म्याण्डेट दिएका छौं । उहाँले जसलाई राख्नुभयो राख्नुभयो ।
दुर्गा प्रसाई – ए ल ल । फेरी तोसीमाले पैसाको म्यानेज गर्न पनि सक्दिनन । किनभने गोविन्द केसीको मान्छे भनेका छन उसँग डाउँछन् ।
ढाका कुमार– तिनी मन्त्री भइन भने काम पनि छैन् ।
दुर्गा प्रसाई – काम पनि छैन । हस हस भाइ, हस डक्टर साप ।
ढाका कुमार– हस हस ल नमस्कार !