गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भयो : ओली

0
Shares

धादिङ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताउनुभएको छ । एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्य रुपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संटकग्रस्थ बनेको बताउनुभयो ।

देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउँदै अध्यक्ष ओलीले रुविभ्याली जस्तो पर्यटकीय क्षेत्रहरुको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार आउने बताउनुभयो । नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीको बारेमा सुनेको स्मरण समेत गर्नुभयो ।

पहिलो पटक रुविभ्यालीमा पाइला टेकेको भएपनि रुविभ्यालीमा आइने पत्थरहरुको विशेषताको बारेमा व्याख्या गर्नुहुँदै रुविभ्यालीमा पाइने रुवि ढुङ्गा, सिलाजितलगायतका बहुमूल्य पत्थरहरु सङ्कलन गरेर सुरक्षित राखिरहेको बताउनुभयो । यस्ता बहुमूल्य पत्थरहरु र खनिज पदार्थ पाइने ठाउँको विकास गर्न सरकार मार्फत आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने बताउनुभयो ।

धादिङबेसीदेखि रुविभ्याली सम्मको बाटोलाई डबल लेनसहित स्तर उन्नति गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने पनि उहाँले बताउनुभयो । रुविभ्यालीको सबैभन्दा चर्चित पर्यटकीय स्थल पाङ्साङ् पाससम्म सडक संजाल पु¥याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने दोहो¥याउनुभयो ।

नेपाल र चिनसँग जोड्ने सीमा पनि रुविभ्यालीमै पर्ने भएकोले रुविभ्यालीको जनतालाई केरुङसम्म जाने, व्यवसाय संचालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न आइतबार हेलिकप्टर मार्फत पुगेका ओलीले रुविभ्यालीको पर्यटकीय स्थलहरुको पनि अवलोकन गर्नुभएको छ।