मेयरका पूर्वधार विज्ञ भन्छन् : फोहोर उठाउँदैनौ

गृह मन्त्रालय भन्छः राजनीतिक माग हो , समाधान

0
Shares

 काठमाडौं ।

काठमाडौ महानगरपालिकाका मेयर वालेन्द्र साहका वातावरण र फोहोरमैला विज्ञ सुनिल लम्सालले कामपाल राखेको माग माग सम्बोधन नगरेसम्म फोहोर नउठाउने स्पष्ट पार्नुभएको छ ।

‘हामीले केहीबेरमा चरणबद्ध रुपमा माग सम्बोधन गर्ने विषयमा आफ्नो लिखित पत्र सार्वजनिक गदैछौ, उक्त माग पुरा नभएसम्म फोहोर संकलन गर्नेछैनौ ।

सरकारसंग आक्रोशित भएका मेयर साहको निर्देशनमा आजबाट सितलनिवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयमा फोहोर संकलन बन्द गरिएको छ ।

फोहोर बन्द भएपछि सरकारले मेयर साहसँग वार्ता गर्ने तयारी थालेको छ । अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नहुने कानुनी व्यवस्थाको धज्जी उडाउदै मेयर साहले फोहोर संकलनमा रोक लगाउनुभएको छ ।

कामपाले यसअघि  सरकारसमक्ष महानगरक्षेत्रको ढल व्यवस्थापन गर्नुपर्ने, नदी किनारको सुकम्वासीवस्ती खाली गर्न सहयोग गर्नुपर्ने  लगायतका माग राखेको कामपाको भनाई छ ।

मेयर साहको विरुद्धमा कुनै पनि सरकारी निकायले जवाफ दिन सकेका छैनन् । गृहमन्त्रालयका प्रवक्ता जितेन्द्र वस्नेतले राजनीतिक विषय भएकोले तत्कालै एक्सन लिने विषयमा निर्णय गर्न नमिल्ने बताउनुभयो ।

भन्नुभयो–भोलीको दिनमा महानगरले कस्तो आन्दोलन गर्नेछ, सोही अनुसार सरकारले थप कदम चाल्नेछ । सिहदरबारको फोहोर संकलन , ढुवानी र बिसर्जन गर्ने निजी क्षेत्र परिवर्तन नेपालले सबै मन्त्रालयको फोहोर संकलन गरी सिहदरबारको पुतली बगैचामा थुपारेको छ ।

कामपाले फोहोर नउठाउन दिएको निर्देशन पालना नगरेको भन्दै फोहोर संकलन गर्ने संस्थामाथि आक्रोश पोखेको छ ।

संस्थाका प्रमुख व्यवस्थापक मित्रप्रसाद घिमिरेले संघीय मामिला मन्त्रालयका पत्राचार गरी फोहोर संकलन र ढुवानी गनेृ व्यवस्था मिलाउन आग्रह गरेको छ । महानगर प्रमु वालेन्द्र साहको सचिवालयले भोलीबाट सितल निवास, प्रधानमन्त्री कार्यालय प्रवेश गर्ने सडक र सिहदरबारको दक्षिणी ढोकामा फोहोर थुपार्न दबाब दिएका छन् ।

यस विषयमा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले आफुलाई कुनै पनि जानकारी नभएको बताउनुभएको छ । कामपाका  प्रवक्ता नविन मानन्धरले रोकिएको फोहोर संकलन र ढुवानी गर्ने वा नगर्ने विषयमा छलफल जारी रहेको बताउनुभयो ।