धौलागिरिबाट पोखरा फर्कंदै गरेको हेलिकोप्टर दुर्घटना

0
Shares

काठमाडाैं ।

धौलागिरि बेसक्याम्पट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

धौलागिरि बेसक्याम्पनजिकै दुर्घटना भएको हेलिकोप्टरमा एकजना पाइलट रहेको र उनी सकुशल रहेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेको छ ।

पाइलटलाई उद्धार गरेर पोखरा ल्याइँदै छ । इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकोप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकोप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको नागरिक उड्डयन प्रमुख तिवारीले जानकारी दिए ।