प्रधानमन्त्री प्रचण्ड र एमाले नेता लेखराज भट्टबीच भेटवार्ता

0
Shares

धनगढी । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ ।

आज (आइतवार) एमाले सुदूरपश्चिम इञ्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्ता अहिले पनि जारी रहेकाले के कुरा भैरहेको छ भन्नेबारे खुल्न सकेको छैन । स्रोतका अनुसार प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन् ।

लेखराज पूर्व माओवादी केन्द्रका नेता थिए । उनी नेकपा विभाजन भएपश्चात् एमालेमा समाहित भएका थिए ।

यस्तै प्रधानमन्त्री प्रचण्ड आजै राजधानी फर्कने कार्यक्रम छ । उनी साँझ साढे ५ बजे फर्कने कार्यतालिका रहेको छ ।

बिहान बुद्ध एअरको उडान नम्बर एचबीएचए २५१ बाट धनगढी पुगेका उनी बेलुकी श्री एअरलान्सको उडान नम्बर एसएचए २२६ बाट राजधानी फर्कनेछन् ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री सुदूरपश्चिम आएका हुन् ।