सन्दीपविरुद्धको मुद्दाको सुनवाइ आज हुँदै

0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध बलात्कारको जारी मुद्दाको पेसी आइतबारका लागि तोकिएको हो ।

अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई प्राथमिकतामा राखिएको छ ।

सन्दीपको मुद्दाको फैसाला गरेका न्यायधिस केशवप्रसाद घिमिरेको इजलासमा गत बुधबार सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यावसायीको अनुरोधमा रोकिएको थियो ।

पुनः सुनवाइका लागि पेशी तोकिएको भए पनि समयसीमा अभावका कारण गत बिहिबार सुनवाइ हुन सकेको थिएन ।

सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसाला आउन सक्ने सम्भावना रहेको छ ।

एक किशोरी माथी बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख धरौटीमा उनलाई छाडेको थियो ।