स्ववियु निर्वाचन : आज १० क्याम्पसमा निर्वाचन हुँदै, ४ क्याम्पसमा छलफल जारी

0
Shares

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

विश्विद्यालयको अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान हुन लागेको हो ।

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भएपनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेको थिएन ।

तर, केन्द्रीय क्याम्पसले आगामी २१ गते निर्वाचनको नयाँ मिति तय गरे पनि अन्य ४ क्याम्पसमा भने निर्वाचनको मिति अझै तय हुन सकेको छैन ।

बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि बिद्यार्थी संगठन र क्याम्पस प्रशासन अझैँ छलफलमा छन् ।