वागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमाले अनिर्णीत

0
Shares

हेटौडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन् । उनले बुधबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन् ।

सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

राप्रपाले जम्कटेललाई विश्वासको मतमा नदिने बताए पनि सत्ता साझेदार नेकपा (एमाले) अझै अनिर्णीत छ । केन्द्रमा गत पुष १० मा बनेको एमाले र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धन तोडिएपछि अहिले कांग्रेस–माओवादी केन्द्रबीच सत्ता गठबन्धन बनेको छ ।