उपनिर्वाचनका लागि दल दर्ता शुरू

0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया शुरु भएको छ । बुधबार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता प्रक्रिया शुरु भएको हो ।

आसन्न वैशाख १० मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न लागेको हो । यही महिनाको १२ गतेसम्म दल दर्ता गरिसक्न आयोगले जनाएको छ । दल दर्ता पश्चात् अन्य प्रक्रिया शुरु हुने छ ।

तनहुँ १, बारा २ र चितवन २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।