उपराष्ट्रपतिमा ममता झालाई मत दिने रास्वपाको निर्णय


काठमाडौँ।

उपराष्ट्रपति निर्वाचनको मतदान सकिन केही समय बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कसलाई मत दिने भन्ने विषय टुंग्याएको छ ।

शुक्रबार बिहान १० बजेबाट उपराष्ट्रपति निर्वाचनको मतदान चलिरहँदा रास्वपाले ममता झाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । झा जनमतको तर्फबाट उम्मेदवार बनेकी छन् ।

उनीसँगै गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र एमालेबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा छन् ।  राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा झालाई दिने भएको हो ।

उपराष्ट्रपति निर्वाचनको मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।