पशुपतिनाथमा विशेष पूजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय शुल्क निर्धारण

0
Shares

काठमाडौं ।

पशुपतिनाथको विशेष पूजा गर्ने रकममा बढोत्तरी गरिएको छ । पशुपति विकासक्षेत्र कोष, सञ्चालक परिषद, देउउद्यान गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पूजा र विशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो ।

 गत असार ८ गते बसेको सञ्चालक परिषदको बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ ।

‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट पराम्परागत रुपमा नै गरिनेृ रु ५,१००/ ११,०००/- को विशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषदको बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी
सार्वजकि सुचनामा भनिएको छ ।

विशेष प्रकृतिको पुजा लागि शुल्क लिदाँ व्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुगाउने कोषले विश्वास लिएको छ ।