जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

0
Shares

भक्तपुर । 

सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।