प्रधानमन्त्रीद्वारा महेन्द्रनगर सुख्खा बन्दरगाह निरीक्षण

0
Shares

धनगढी । 

प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन्  ।

आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरीक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त विज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराएका थिए ।

आजैबाट सुरु हुने कञ्चनपुर महोत्सव उद्घाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला पार्टी कार्यालयले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् ।

उनी आजै काठमाडौँ फर्कने छन्  । प्रधानमन्त्रीमा  नियुक्त भए पछि प्रचण्ड पहिलो पटक सुदूरपश्चिम भ्रमणमा गएका हुन ।