नक्कली सवारी चालक अनुमति पत्रसहित एक महिला पक्राउ

0
Shares

काठमाडौँ।

नक्कली सवारी चालक अनुमति पत्रसहित ललितपुरको पुल्चोकबाट एक महिलालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा जैमरी घर भई हाल ललितपुरको नखिपोट बस्दै आएकी ३५ वर्षीया कञ्चन गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । गुरुङले चलाएको बा ७८ प ५५ १० नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेक गर्दा गुरुङको साथबाट गंगा तामाङको नाममा रहेको (०१-०६-००२४७९७० वर्ग के) र सोही नम्बरको (वर्ग ए, बी) फोटो फरक-फरक भएको दुईओटा सवारी चालक अनुमति पत्र फेला पारेको हो ।

गुरुङलाई २ थान सवारी चालक अनुमति पत्र र स्कुटरसहित थप अनुसन्धान तथा कारवाहीका लागी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एंव प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।