रेडियो नेपाल कर्मचारी संघको अध्यक्षमा चेतनारायण पौडेल निर्वाचित

0
Shares

काठमाडौं।

रेडियो नेपाल कर्मचारी संघको १०औं केन्दीय अधिवेशनबाट चेतनारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । आज सर्वसम्मत रूपमा २९ सदस्यीय कार्यसमिति गठन भएको हो ।

समितिको सह-अध्यक्षमा पाराग पोखरेल, वरिष्ठ उपाध्यक्षमा शंकर भण्डारी र मुकुन्द भण्डारी, उपाध्यक्षमा भगवती ज्ञवाली, भीम घिमिरे र मनोज कुमार गुप्ता, महासचिवमा बद्री ढकाल, उपमहासचिवमा विदूरप्रसाद अधिकारी, सचिवमा अशोक मिश्र, कोषाध्यक्षमा तुलसी राम पौडेल र सहकोषाध्यक्षमा बलराम कोइराला चयन भएका छन्।

सदस्यमा टिकाराम भन्तना, रुकमणी पोखरेल, यान बहादुर थापा, मो अश्लीम अञ्सारी, टेकबहादुर गुरुङ, विमल अधिकारी, चुणामणी पाण्डे र देव यादव चयन भएका छन्।

यस्तै बागमती प्रदेश संयोकमा नविन चौधरी, प्रदेश १ संयोजकमा नेमनारायण चौधरी, मधेश प्रदेसमा संयोजक जानकी रमण शाह, गण्डकी संयोजकमा प्रमिला सुवेदी, लुम्बिनी संयोजकमा प्रमेश्वर शुक्ला, कर्णाली संयोजकमा कृष्ण शर्मा, सुदूरपश्चिम संयोजकमा चक्रसिंह कठायत र पदेन सदस्यमा केन्द्रिय इकाइ अध्यक्ष उत्तम पाण्डेय चयन भएका छन्।

अधिवेशनमा सातै प्रदेशका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो ।