भीरबाट लडेर एक जनाको मृत्यु

0
Shares

मकवानपुर।

मकवानपुरको इन्द्रसरोवरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए ।

लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।