रहेनन् कांग्रेसका पूर्वसांसद घले



काठमाडौं ।

नेपाली कांग्रेसका पूर्व सांसद कर्मा घलेको निधन भएकाे छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा घलेको मृत्यु भएको हो ।

घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए । घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए । सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरुमा घलेको योगदान अतुलनीय रहेको प्रमुख सचेतक लेखकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्