यूएसआईडीकी प्रमुख सामन्था पावर काठमाडौं आइपुगिन्


काठमाडौं ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) की प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन् । नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट यो दोस्रो उच्चस्तरीय भ्रमण भएको हो।

अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेको एकसाता नपुग्दै पावर काठमाडौं आइपुगेकी हुन् ।

काठमाडौं उत्रिएलगत्तै पावर भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालय पुगेकी छन् । नेपाल बसाइको क्रममा पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।