विमान दुर्घटनामा ज्यान गुमाउने ४६ जनाको शव काठमाडौं ल्याइयो



काठमाडौं।

१ माघमा पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाकाे शव  आज काठमाडौं ल्याइएको छ । उनीहरूको शवलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

अन्य २४ जनाको शव भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएको र डिएनए परीक्षण समेत गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो । विमानमा ७२ जना सवार थिए त्यसमध्ये ७० जनाको मात्रै शव फेला परेको छ । बाँकी दुई जनालाई अझै फेला पार्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्