गृह मन्त्रालयद्वारा अवैधानिक क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र



काठमाडौ. । गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । आज (बुधबार) उक्त मन्त्रालयले देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र परेको हो ।

प्रचलित कानुन विपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकोले यो परिपत्र जारी गरिएको छ ।

हेर्नुहोस् परिपत्र :

१. कानुन विपरीत दर्ता नगरी तथा नवीकरण लगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्ने ।

२. विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खन्नको अनुमति प्राप्त उद्योर निर्माण व्यावसायीले आयोजना समाप्त भए पश्चात् पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए सो समेत छानबिन गरि तत्काल बन्द गर्ने ।

प्रतिक्रिया दिनुहोस्