दुवै हात गुमाएकी रूपा बनिन् प्रदर्शनी आइडल, जितिन् १ लाखभन्दा बढी पुरस्कार



बुटवल । बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि दुवै हात गुमाएकी रूपा रौतारले जितेकी छन् । ३४ जना प्रतिस्पर्धीमध्येबाट २४ जना हुँदै भोटिङ राउण्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् ।

रौतार कालिका मानवज्ञान माविमा कक्षा १२ मामानविकी संकायमा अध्ययनरत छात्रा हुन् । यसअघि उनी दीपबोर्डिङ हाइ स्कुल बुटवलबाट एसईई उत्तीर्ण भएकी थिइन् । दीप बोर्डिङमा अध्ययन गर्दै उनले गायनमा आफुलाई अब्बल बनाएकी थिइन् ।

कपिलवस्तु स्थायी घर भएकी रूपा २०६२ सालको भदौमा करेन्ट लागेर दुवै हात गुमाएकी थिइन् । उनलाई बुटवलको बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले निःशुल्क गायन कक्षामा भर्ना गरेर सिकाएका थिए ।

हिजो (सोमबार) भएको फाइनल प्रतिस्पर्धामा प्रदर्शनी आइडल सिजन–६ को उपाधी जित्दै रूपाले १ लाख ११ हजार १ सय ११ रुपियाँ पुरस्का राशी प्राप्त गरेकी छन् । आइडलको उपविजेता अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । उनले ५५ हजार ५ सय ५५ र तेस्रो भएकी एञ्जिला क्षेत्री खत्रीले ३३ हजार ३ सय ३३ राशीको पुरस्कार प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्