डिएसपी ठगबहादुर केसी निलम्बन



काठमाडौं । बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो ।

अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो ।

खिमबहादुर जिसीको साथबाट ९ लाख ५० हजार रुपियाँको चेक र सुनजस्तो देखिने पदार्थ ३५ तोला बरामद भएपछि अनुसन्धान डिएसपी केसीतिर सोझिएको थियो ।

त्यसपछि डिएसपी केसीको क्वाटरमा छापा मार्दा ८ लाख ५० हजार रुपियाँ भेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्