मन्थली नगरपालीकालाई बालमैत्री नगरपालीका घोषण गरिने



रामेछाप । मन्थली नगरपालिका बालमैत्री नगरपालिका बन्ने योजनाका साथ अघि बढेको छ । बाल संरक्षण, बाल बचाउ, बाल विकास र बाल सहभागिताका चार पिलरलाई आधार मानेर सो क्षेत्रमा काम गरी मन्थली नगरपालिकाका १४ वटै वडालाई बालमैत्री बनाई नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने योजना रहेको नगरप्रमुख लब श्रेष्ठले बताउनु भयो ।

१८ महिनामा आवश्यक काम गरी बालमैत्री नगरपालिका घोषणा गर्ने योजना रहेको उहाँले बताउनुभयो । यसको लागि सबैको सक्रिय योगदान जरुरी रहेको उहाँले बताउनुभयो ।

बालमैत्री नगरपालिका बनाउने आवश्यक मापदण्डको बारेमा नगरपालिकाले दुई दिने अभिमुखीकरण समेत गरेको छ । सो अभिमुखीकरणले काम गर्न सहज भएको उहाँले बताउनुभयो ।

‘सबैको साझा धारणाले अघि बढ्न सकियो भने तोकिएको समयमा कार्यसम्पादन गर्न सकिन्छ’, श्रेष्ठले भन्नुभयो । घोषणापत्रमा उल्लेख गरिए अनुसार काम गर्नु जनप्रतिनिधिको दायित्व भएकोले त्यसलाई पूरा गर्न सबैको जिम्मेवारी बराबर भएको उहाँले प्रष्ट पार्नुभयो । यसमा मुख्य जिम्मेवारी लिनेको थप जिम्मेवारी हुने उहाँले बताउनुभयो ।

बालमैत्री नगरपालिका बनाउनको लागि धेरै मापदण्ड पूरा भएका भए पनि अझै केही काम सघन रूपमा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । जुन मापदण्ड पूरा गर्न बाँकी छ त्यसमा केन्द्रित भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्