प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बुधबार ओली पुगेका हुन् ।

सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिक लगायतका विषयका कुराकानी भएको छ ।

‘खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता भएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्