मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

0
Shares

एजेन्सी । 

गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको  सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् ।

गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो ।अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको खेलमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले लगातार दुई गोल गर्दै आफ्नो टोलीको शानदार पुनरागमनलाई सशक्त बनाएपछि खेल थप रोमान्चक बनेको थियो ।

त्यसपछिको अतिरिक्त समयमा पनि दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । खेलको निर्णय पेनाल्टी सुटआउटमा मात्र भएको थियो जसमा अर्जेन्टिनाले फ्रान्सेली टोलीलाई हराएको थियो ।यसैबीच, गुगलको ‘इयर इन सर्च २०२२’ रिपोर्टअनुसार फिफा वर्ल्ड कप भारतमा तेस्रो धेरै खोजिएको विषय बनेको थियो ।