सांसदको शपथ पुस ७ गते



काठमाडौं ।

प्रतिनिधिसभा सदस्यहरुको शपथ बिहीबार हुने भएको छ। पुस ७ गते दिउँसो १ बजे सांसदहरुको शपथ खुवाउने तयारी रहेको संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले  जानकारी दिए  ।

शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार कुनै सांसदले मातृभाषामा शपथ लिने भए तीनदिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुको विवरण केलाइरहेको छ। सचिवालयले शपथका लागि जेष्ठ सदस्यको विवरण निर्वाचन आयोगसमक्ष माग गरेको थियो।

निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ। राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ ।नागरिकताको आधारमा सपथ खुवाउने हो भने चीत्रबहादुर केसी जेष्ठ सदस्य हुन् । केसीले शपथ खुवाउने संभावना छ।

प्रतिक्रिया दिनुहोस्