मैलौली च्याम्पियन, दनपा स्तब्ध

0
Shares

 बैतडी ।

बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले हात पारेको छ । आज सम्पन्न फाइनल भिडन्तमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ सेटमा पराजित गर्यो ।

पहिलो सेट दनपाले २५–२३ ले जितेको थियो । त्यसपछि मेलौलीले २५–२१,२५–१९ र २५–१६ ले दनपामाथि लगातार जित निकाल्दै उपाधिमाथि कब्जा जमायो । उपाधिसँगै मेलौलीले १ लाख २५ र उपविजेता दनपाले ७५ हजार तथा तेस्रो भएको पाटन नगरपालिकाले ३५ हजार नगद पाए ।

मैनेजर तेजबहादुर चन्द ट्रस्टको आयोजनामा मंसिर २५ गतेदेखि शुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । जिल्लाको दोगडाकेदार गाउँपालिकाबाहेक नौ र एक आयोजकको गरि १० टोली सहभागी भएका थिए ।