काठमाडौं ।
एनके सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालयको आयोजनामा तेस्रो अन्तर विद्यालयस्तरीय विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता सोमबार शुरु भएको छ।
नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हैलद्वारा शुभारम्भ गरिएको प्रतियोगिताको शुभारम्भ कार्यक्रममा नेपालका फुटबल पदाधिकारी र खेलाडीहरूको पनि उपस्थिति रहेको थियो। प्रतियोगितामा उपत्यकाका २० विद्यालय सहभागिता छन्। ती विद्यालयलाई पा“च समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने इपिएसले जनाएको छ।
समूह एमा विद्या संस्कार माध्यमिक विद्यालय, सैनिक आवासीय महाविद्यालय, पाठशाला नेपाल फाउन्डेसन, स्ट्याण्डर्ड को एड स्कुल, समूह बीमा एभरेष्ट स्कुल, माउन्ट भ्यु इङ्लिस स्कुल, निर्भाना एकेडेमी, भ्याली भ्यु इङ्लिस स्कुल, समूह सीमा आइडल मोडल स्कुल, ज्ञान निकेतन स्कुल, भानुभक्त मेमोरियल स्कुल, पुष्पसदन बोर्डिङ स्कुल, समूह डीमा ब्राइट प्mयुचर स्कुल, अक्सिडेन्टल स्कुल र ग्यालेक्सी पब्लिक स्कुल तथा समूह ईमा काठमाडौं ग्लोबल स्कुल, बेबिलोन नेशनल स्कुल, मल्पी सिटी स्कुल र ह्वाइट फिल्ड सेकेन्डरी स्कुलले सहभागिता जनाएका छन्।
प्रतियोगिता विश्वकप फुटबलको इतिहास, सामान्य ज्ञान, समसामयिक, फुटबल खेल र खेलाडीस“ग सम्बन्धित श्रव्य÷दृश्य, विश्वकप फुटबल २०२२ लगायत विषयसँग केन्द्रित भएर सञ्चालन गरिने कार्यक्रम संयोजक अनुप मुखियाले बताउनु भयो। समूह चरणको प्रतियोगिता सकिएपछि क्वाटर फाइनल, सेमिफाइनल र फाइनल चरणको प्रतियोगिता हुने उहा“ले जानकारी गराउनु भयो।
विश्वकप फुटबल खेल र सोस“ग सम्बन्धित विषयमा जानकारी गराउने तथा विद्यार्थी र विद्यालयका बिचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक स्कुलकी प्रिन्सिपल प्रमिला सिंहले जानकारी गराउनुभयो।
सिंहप्रति श्रद्धाञ्जली
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको स्वर्गारोहण भएको १३ औं दिनको पुण्य तिथिमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम आयोजनागर्याे ।
त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायत पदाधिकारी, खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले स्व. सिंहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसअघि दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।











प्रतिक्रिया