कुस्ती र सेपाकमा सेनालाई ११ स्वर्ण



नवलपरासी । 

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पूर्वी नवलपरासीमा सञ्चालित कुस्ती र सेपाकताक्रोमा विभागीय टोली नेपाली सेनाले ११ स्वर्ण पदक जितेको छ ।

कुस्तीमा मंगलबार ६ स्वर्ण जितेको सेनाले बुधबार सेपाकताक्रोमा महिला पुरुष गरी ५ स्वर्ण पदक जितेर ट्रफी उचालेको हो । सेनाले महिला कुस्तीमा ५ र पुरुष तर्फ १, सेपाकताक्रो डबल, रेगु र क्वार्ड महिलातर्फ ३ र पुरुष तर्फको खेलमा २ स्वर्ण पदक जितेको छ ।

कुस्तीमा सुदूर पश्चिम प्रदेशले महिला तर्फ ५ स्वर्ण पदक, मधेश प्रदेशले पुरुषतर्फ ३ स्वर्ण पदक हात पारेका छन् । विभागीय टोलीकै सशस्त्रले पुरुष तर्फको कुस्तीमा ४ स्वर्ण जित्दा नेपाल प्रहरी र लुम्विनी प्रदेशले १,१ स्वर्णमा चित्त बुझाए । यसैगरी सेपाकताक्रो पुरुष क्वार्डमा बाग्मती प्रदेश प्रथम भएर स्वर्ण पदक हात पारेको छ ।

अन्य पदकमा सेनाले कुस्तीमा ३ रजत र ५ कास्य सशस्त्रले २ रजत ४ कास्य र नेपाल प्रहरीले ७ रजत ६ कास्य पदक जितेको छ ।प्रदेशतर्फ सुदूर पश्चिमले १ रजत ३ कास्य, मधेसले २ रजत ६ कास्य, गण्डकीले १ रजत ५ कास्य, लुम्बिनीले १ रजत ३ कास्य र १ नं. प्रदेशले ३ रजत तथा ५ कांस्य पदक हात पारेको छ ।

सेपाकताक्रोमा द्धित्तीय स्थान हासिल गर्नेमा गण्डकी, बाग्मती र प्रदेश १ रहेका छन् । बाग्मतीले पुरुष डबल र महिला रेगु,गण्डकीले महिला क्वार्ड र महिला डबल, प्रदेश १ पुरुष रेगु एवं सेनाले पुरुष क्वार्ड सेपाकताक्रोमा तृतीय स्थान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्