काठमाडौं ।
नेपाली कांग्रेसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई आफ्नो ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा राखेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दासलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो ।
देउवाले आज थप ४१ जनालाई उक्त समितिको सदस्यमा मनोनयन गरेका छन् जसमा दास पनि परेका छन् ।उनले सन् २००० मा युनाइटेड अरब इमिरेट्स विरुद्धको खेलमा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
प्रतिक्रिया