अजित र राजपुरालाई रोड रेस उपाधि

0
Shares

काठमाडौं  । 

अखिल क्रान्तिकारीले आयोजन गरिएको काठमाण्डौ रोड रेस २०७९ मा उपाधि पिनाकल कलेजका अजितकुमार यादव पुरुष तर्फ र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जित्न सफल भएका छन् ।

५ किलोमिटको दौड अजितले १७ मिनट ४५।३ सेकेन्डका साथ र राजपुराले २० मिनट ३५. ७५ सेकेन्डका साथ पुरा गरेका थिए । विजयी खेलाडीहरूले नगद २५ हजार, सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबका सन्तोष विक्रम बिष्टले निर्धारित दूरी २० मिनट ३५.७५ सेकेन्डका साथ पूरा गर्दै दोस्रो भए । यस्तै १८ मिनट ६.१ सेकेन्डका साथ त्रिभुवन आर्मी क्लबका मोहन देव जोशी तेस्रो भए ।  महिला तर्फ २० मिनट ५०.१५ सेकेन्डका साथ पुलिस क्लबकी राममाया बुढा दोश्रो र रेखा बिष्ट २१ मिनट ३.३५ सेकेन्डका साथ तेश्रो भए । दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल, ट्रफी र प्रमाणपत्रका साथ क्रमशः नगद २० हजार र १५ हजार प्राप्त गरे ।

प्रतियोतिमा ३६५ पुरुष र ११२ जना महिला गरि कुल ४७७ जनाको सहभागिता रहेको थियो । रेस दशरथ रंगशालाबाट सुरु गरि थापाथली, माइतीघर, बबरमहल, बिजुलीबजार पुल हुँदै एभरेष्ट होटलको अगाडिको डिभाईडर हुँदै पुनस् रंगशालामा आएर समापन भएको थियो ।