बालवाटिकालाई उपाधि



काठमाडौं । 

दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधि बालबाटिका डोजोले जितेको छ । बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ कास्य जित्यो भने दोस्रो भएको सरस्वती डोजोले ५ स्वर्ण ५ रजत र १५ कास्य पदक जित्न सफल भयो, तेस्रो स्थान हासिले गरेको शंखडोल डोजोले ४ स्वर्ण ८ रजत र ५ कास्य पदक जित्न सफल भयो । पुरुषतर्फ उत्कृष्ट खेलाडी शंखडोल डोजोका राज कुमार राई भए भने महिला तर्फ सरस्वती डोजो कि प्राश्ना के सी उत्कृष्ट भइन् ।

गोकर्णेश्वर नगरपालिका भित्रका ३ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा क्रमश प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपियाँ प्रदान गरिएको थियो । गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा प्रतियोगिता आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्